काठमाडौं–कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ ।


ADVERTISEMENT


हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ । स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको गम्भीर लापरबाहीले प्रमाण मेटिएको आरोप लागिरहेको छ ।


ADVERTISEMENT

# # #


पछिल्लोपटक निर्मला हत्या प्रकरणको अनुसन्धान झन् जटिल बन्दै गएको छ । कञ्चनपुर प्रहरीले अभियुक्तका रूपमा प्रस्तुत गरिएका दिलीप विष्टको डिएनए परीक्षण रिपोर्ट गलत आएपछि उनी मुक्त भएका छन् ।

त्यस्तै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, भीमदत्त नगरपालिका मेयरका भतिजा आयुष विष्ट र अर्का स्थानीय चक्र बडुको डिएनए परीक्षणको रिपोर्ट पनि नकारात्मक आएपछि प्रहरी अनुसन्धान फेरि शून्यमा पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीको लापरबाही र हत्याको अनुसन्धान गर्न नौ सदस्यीय टोली खटाएको छ भने कञ्चनपुर प्रहरीले पनि अनुसन्धान जारी राखेको छ ।

‘कञ्चनपुर घटनामा नेपाल प्रहरीको सबै जनशक्ति परिचालन भएको छ । तर, सुरुमै कमजोरी देखियो । चेन अफ कस्टडीभित्र पर्ने सबुदको सुरक्षा, घटनास्थलको संरक्षण र सबुद कलेक्सन गरी ल्याब टेस्टमा लैजानुपर्नेमा घटनास्थलमा खटिएका प्रहरीले त्यसो गर्न सकेनन् । यसमा तत्कालीन एसपीको कमजोरी देखियो।’ – आजको नागरिक दैनिकबाट