काठमाडौं– सन् २०२० का लागि अमेरिका जाने भाग्यचिट्ठा ‘डाइभर्सिटी भिसा (डिभी) को लागि आवेदन खुलेको छ ।


ADVERTISEMENT


बुधबार रातिबाट खुला भएको आवेदन भर्न नेपालस्थित अमेरिकी राजदूतावासले सूचना जारी गरेको छ । दूतावासका अनुसार २०२० का लागि डिभीको आवेदन बुधबार राति ९ः४५ बजेबाट नै खुला भएको हो । आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहने जनाइएको छ ।


ADVERTISEMENT

# # #


धेरैले डिभी भर्ने केन्द्र र पसलहरुमा गएर शुल्क तिरेर भर्ने गरेका छन् । तर डिभी भर्न कुनै पनि शुल्क नलाग्ने अमेरिकी दूतावासले जनाएको छ । यसका लागि कसरी भर्ने भन्नेबारे समेत दूतावासले गाइड गरिरहेको छ ।

दूतावासले आवेदनका लागि कुनै पनि शुल्क तिर्नु नपर्ने र कुनै कन्सल्टेण्टको सहयोग समेत नलिन आग्रह गरेको छ । आफैँले डिभी भर्ने सजिलो तरीका डिभी लोटरीको वेबसाइटमा गएर हेर्न सक्नुहुनेछ, साथै यही वेब पेजबाट सम्पूर्ण आवेदन फारम भर्नुपर्नेछ ।

त्यहाँ DV-2020 Instructions मा क्लिक गरेर गाइडिङ बुझ्न सक्नुहुन्छ, Photo Examples मा गएर कस्तो फोटो स्वीकृत हुन्छ र कस्तो अस्वीकृत हुन्छ भन्ने आफैँ बुझ्न सक्नुहुन्छ । आजकाल बाटैघाटै डिभी भर्नेहरुले पैसा मात्र असुल्छन् र फोटोलगायत अन्य कुरामा ध्यान पुर्याएका हुँदैनन् ।

सबै कुरा बुझेपछि Begin Entry लेखेको हरियो बटनमा जानुहोस्, अनि एउटा क्याप्चा आउनेछ । सो क्याप्चा पूरा गरेपछि फारममा माग भएअनुसारको सबै विवरण अपलोड गर्नुहोस् । यसबेला विवाहितहरुले आफ्नो श्रीमान्/श्रीमती र अविवाहित छोराछोरीसहितको फोटो र विवरण अपलोड गर्नुपर्नेछ ।

फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्नेछ । फोटोमा आवश्यक नियम मिलेन भने तपार्इको आवेदन रद्द हुन सक्छ । अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा पनि अयोग्य ठहरिनेछ ।

फारम ‘सबमिट’ भएपछि सफल भएको सन्देश आउनेछ र सोसँगै कन्फरमेशन नम्बर आउनेछ, जसलार्इ सुरक्षित राख्नेपर्छ । पछि डिभीको नतिजा जाँच गर्दा सोही कन्फरमेशन नम्बर आवश्यक पर्छ ।