काठमाडौं– बससेवा ट्राभल एण्ड टुर प्रालि अन्तर्गतका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अबदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् ।


ADVERTISEMENT


बिहीबार एक कार्यक्रमका बीच ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल श्रेष्ठ र बससेवा ट्राभल एण्ड टुरका तर्फबाट अध्यक्ष पर्शुराम खनालले हस्ताक्षर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस सम्झौता अनुसार बससेवा ट्राभल एण्ड टुर मार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्ने ‘आइएमई पे’ले जनाएको छ ।

यस व्यवस्थासंगै नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशैँमा आवतजावत गर्ने यात्रुहरुलाई सहज हुने कम्पनीको विश्वास राखिएको छ ।