काठमाडौँ– नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ ।


ADVERTISEMENT


काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि आज (शुक्रबार) बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको हो ।


ADVERTISEMENT

# # #


काङ्ग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

काङ्ग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ ।