काठमाडौं– चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले प्रतिकिलो ७० रुपैयाँ खुद्रा मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


आयातमा बन्देज लगाएको बहानामा व्यापारीले ‘स्टक’ चिनीमा आफूखुसी मूल्य बढाएर एक किलोको ८५ रुपैयाँसम्म लिन थालेका थिए । सरकारले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि एक किलो चिनीको औसत मूल्य ६५ रुपैयाँ थियो । त्यसयता मूल्य बढाएर ठाउँअनुसार किलोमा १५ देखि २० रुपैयाँ महँगो बनाइएको थियो ।


ADVERTISEMENT

# # #


तत्काल कदम नचाले मूल्य बढेर प्रतिकिलो ९० देखि १०० रुपैयाँसम्म पुग्ने अनुमान गरिएका बेला सरकारले चिनीको खुद्रा मूल्य ७० रुपैयाँ निर्धारण गरेको हो । निर्धारित मूल्यअनुसार विक्रि भइरहेको छ, छैन भन्ने अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने छ । विभागले पछिल्लो समय गरेको अनुगमनमा प्रतिकिलो ठाउँअनुसार ७० देखि ८५ रुपैयाँसम्म लिने गरेको पाइएको छ । अब यसरी मनलाग्दो मूल्य लिने व्यापारीलाई कारबाही गरिने सरकारले स्पष्ट पारेको छ ।