कंगोका महिला रोग विशेषज्ञ डेनिस मुकवेज र बलात्कारविरोधी अभियन्ता नदिया मुरादलाई यस वर्षको नोबल शान्ति पुरस्कार दिइएको छ ।
नादियालाई यो पुरस्कार बलात्कारविरुद्ध जागरण फैलाएका कारण दिइएको हो । २५ वर्षीय नादिया मुरादलाई कथित इस्लामिक स्टेटले २०१४ मा अपहरण गरेका थिए र तीन महिना बन्धक बनाएर उनको बलात्कार गरेका थिए ।


ADVERTISEMENT


बीबीसीलाई उनले आफ्नो कहानी यसरी सुनाइन् : 


ADVERTISEMENT

# # #


कथित इस्लामिक स्टेटको चरमपन्थी आउनु पहिले म आफ्नी आमा र भाइ बहिनीसंग उत्तरी इराकको सिञ्जामा रहेको कोजो गाउँमा बस्थेँ । हाम्रो गाउँमा अधिकतम मानिस खेती किसानीमा निर्भर छन्  । हाम्रो गाउँमा करिब १७ सय मानिस बस्थे र सबै शान्तिपूर्वक बस्थे । हामीलाई कुनै किसिमको चेतावनी दिइएको थिएन कि आईएस सिञ्जार वा हाम्रो गाउँमाथि हमला गर्दैछ ।

३ अगस्त २०१४ को कुरा हो, जब आईएसले यजीदी समेदायमाथि हमला गर्यो । केही मानिसहरु पहाडी सिञ्जारमा भागे, तर हाम्रो गाउँ एकदमै टाढा थियो । हामी भागेर जान सक्दैनथ्यौँ । हामीलाई ३ देखि १५ अगस्टसम्म बन्धक बनाएर राखियो ।

खबर आउँदै थियो कि उनीहरुले तीन् हजारभन्दा बढी मानिसहरुको हत्या गरे र ५ हजार महिला र बच्चालाई आफ्नो कब्जामा लिएका छन् । त्यसपछि मात्रै हामीलाई वास्तविकता थाहा भएको थियो ।

इस्लाम अपनाउनु पर्ने धम्की

१५ अगस्टमा म आफ्नो परिवारसंग थिएँ । म एकदमै डराएकी थिएँ किनकी मेरोसामू जे घटिरहेको थियो, त्यसले मलाई भयवित बनाएको थियो । त्यस दिन आईएसका लगभग एक हजार जना लडाकू गाउँमा छिरे । उनीहरुले हामीलाई स्कुलमा लिए । स्कुल दुई तल्ले थियो । पहलो तल्लामा उनीहरुले पुरुषलाई राखे र दोस्रो तल्लामा महिला र बच्चाबच्चीलाई । त्यसपछि हाम्रो सबैकुरा लुटे ।

मोबाइल, पर्स, पैसा, गरगहना सबै लुटे । पुरुषहरुसंग पनि उनीहरुले यस्तै गरे । त्यसपछि उनीहरुको नेताले ठूलो स्वरमा भन्या, ‘जो इलाम धर्म अपनाउ चाहन्छ, कोठा छोडेर बाहिर निस्क ।’ हामीलाई थाहा थियो कि उनीहरु कोठा छोडेर जाने पनि मारिन्थे । किनकी उनीहरु मान्दैनथे कि यजीदीबाट मुसलमान अपनाउने असली मुसलमान हुन् ।

उनीहरु चाहन्थे कि यजीदीलाई इस्लाम कबूल गराएर मार्नुपर्छ । महिला हुनुका नाताले हामीलाई यकिन थियो कि उनीहरु हामीलाई मार्नेछैनन् र हामीहरुलाई अर्को कुनै कुरामा प्रयोग गर्नेछन् । जब उनीहरु पुरुषलाई स्कुल बाहिर लिइरहेका थिए, यकिन गर्न गाह्रो थियो कि के भइरहेको छ । तर गोली चलेको आवाज आइरहेको थियो । को मरिरहेको छ र को जिउँदो छ भन्ने केही थाहा थिए । जुन हुलमा मेरा भाइहरु पनि थिए ।

सबै पुरुषको गोली हानेर हत्या

उनीहरु देखिरहेका थिएनन् कि कुन बच्चा हो, कुन जवान हो र कुन वृद्ध । केही टाढाको दुीबाट हामी देखिरहेका थियौँ कि उनीहरु मानिसलाई गाउँभन्दा बाहिर लगिरहेको थिए । लडाकूहरुले एक व्यक्तिबाट अर्को व्यक्तिको ज्यान लिए । कसैलाई छाडेनन् ।

हाम्रा मानिसहरुलाई मारिसकेपछि हामीलाई अर्को गाउँमा लिए । त्यतिबेलासम्म रात परिसकेको थियो । उनीहरुले हामीलाई फेरि स्कुलमा राखे । उनीहरुले हामीलाई तीन समूहमा बाँडेका थिए । पहिलो समूहमा युवा महिला, दोस्रो समूहमा बच्चा र तेस्रो समूहमा बाँकी महिला ।

प्रत्येक समूहका लागि उनीहरुसंग अगल योजना थियो । बच्चालाई उनीहरुले प्रशिक्षण शिविरमा लिए । जुन महिलालाई उनीहरुले विवाहको लायक मानेन्, तिनको हत्या गरे । जस मध्ये मेरी आमा पनि एक थिइन् ।

सम्बन्धित समाचार : यस वर्षको नोबल शान्ति पुरस्कार डेनिस मुकेज र नदिया मुरादलाई

हामीलाई लडाकूलाई बाँडियो

राती नै उनीहरुले हामीलाई मोसुल लगियो । हामीलाई अर्को शहरमा लैजाने तिनै थिए, जसले मेरा भाइ र आमाको हत्या गरिदिएका थिए । उनीहरु हामीमाथि हिंसा मच्चाइरहेका थिए, बलात्कार गरिरहेका थिए । म केही पनि सोच्नसक्ने स्थितिमा थिइनँ ।

उनीहरुले हामीलाई मोसुलस्थित इलामिक अदालतमा लिए । जहाँ उनीहरुले प्रत्येक महिलाको तस्बिर लिए । म त्यहाँ हजारौँ महिलाको तस्बिर देखिरहेकी थिएँ । प्रत्येक तस्बिरको साथमा एक फोन नम्बर हुन्थ्यो । यो फोन नम्बर त्यो लडाकूको हुन्थ्यो, जो उसका लागि जिम्मेवार थियो ।

विभिन्न ठाउँबाट आईएस लडाकु त्यस अदालतमा आउँथे र तस्बिर देखेर आफ्नो लागि केटी चुन्थे । मन पराएको केटाले त्यस लडाकुसंग मोल मोल मोलाई गर्थे, जुन महिलालाई उसले लिएर आएको थियो । त्यसपछि उसलाई खरिद गरेर भाडामा दिउन् या आफ्ना चिजानलाई उपहार दिउन्, उनीहरुकै मर्जी ।

पहलो रात जब उनीहरुले हामीलाई लडाकूको साथ पठाए । मलाई चाहाने केटा एकदमै मोटो थियो, म उसलाई बिल्कुल चाहन्नँ थेँ । जब म उसंग जाँदै थिएँ, अनि भुईँमा लडेँ र छटपटाउन लागेँ । किनकी म उसको साथमा जान चाहन्नथेँ । म छटपटिईरहेँ, तर उसले सुने पो !

एक मुस्लिम परिवारले मलाई आश्रय दियो

एक हप्तापछि मैँले त्यहाँबाट भाग्ने कोशिस गरेँ । त्यसपछि मलाई अदालत लगियो र सजायका नाममा मलाई ६ जना सुरक्षा गार्डले बलात्कार गरे । तीन महिनासम्म पनि त्यसको दुखाई रहीरह्यो ।

यस इलाकामा चारैतर्फ आईएसका लडाकू रहेका थिए । त्यस कारण मलाई भाग्ने मौका मिलेन । एक पटक म एक पुरुषको साथमा बसेकी थिएँ । ऊ मेरालागि केही कपडा किन्न चाहन्थ्यो । किनकी उसको उद्देश्य मलाई बेच्ने थियो । जब ऊ दोकानमा गयो । म घरमा एक्लै थिएँ र त्यहाँबाट भागेँ ।

म मोसुलका गल्लीमा भागिरहेकी थिएँ । मैँले एक मुस्लिम परिवारको ढोका ढक्ढकाएँ । उनीहरुलाई मैँले आफ्नो व्यथा सुनाएँ । उनीहरुले मेरो मदत गरेर कुर्दिस्तानको सीमासम्म पुर्याइदिए ।

शरणार्थी शिविरमा कसैले मेरो व्यथा सुनेनन् । म दुनियाँलाई बताउन चाहन्थेँ कि मलाई के भयो र त्यहाँ महिलालाई के भइरहेको छ ? मसंग पासपोर्ट थिएन, कुनै देशको नागरिकता थिए । म केही महिनासम्म आफ्ना कागज पत्र पाउनका लागि इराकमै रोकिएँ । यसै समय जर्मन सरकारले त्यहाँका एक हजार मानिसलाई सहयोग गर्ने निर्णय गर्यो ।

त्यस मध्य एक म पनि थिएँ । त्यसपछि आफ्नो उपचार गराउने बेला एक संगठनले मलाई संयुक्त राष्ट्रसंघमा गएर आफ्नो व्यथा सुनाउन सुझाव दियो । म मेरा यी कहानी सुनाउन विश्वका जुनसुकै देश जान पनि तयार छु ।