काठमाडौं– काठमाडौं महानगरपालिकाले मासुजन्य पदार्थबाट विभिन्न किसिमका रोग लाग्ने भए पछि महानगरवासीलाई सचेत गराउन थालेको छ ।


ADVERTISEMENT


कामपाका कार्यकारी अधिकृत यादव कोइरालाले खसीबोकालगायत पशुपंक्षीबाट हुनसक्ने खतराबाट जोगाउन कामपाले यो बर्ष रोगी खसीबोका जफत गर्ने बताए ।


ADVERTISEMENT

# # #


दशैंको मौका छोपेर राजधानीका चौपाया बिक्री केन्द्रमा बिरामी भएका खसी बोका बिक्री गर्ने प्रचलन बढेको उनले बताए ।

उनका अनुसार, स्वच्छ मासु प्रयोग गर्न नाका नाकामा परीक्षण गरिनेछ । – आजको नेपाल समाचारपत्रबाट