काठमाडौं– मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ुबीु मा नेपालले आज घरेलु टोलीको सामना गर्दैछ ।


ADVERTISEMENT


क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर मलेसियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


पहिलो खेलमा म्यानमारलाई हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेल्न लागेको हो । बुधबार भएको खेलमा नेपालले कमजोर टिम म्यानमारलाई मात्र ३ ओभरमा ८ विकेटले हराएको थियो ।

नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी–ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो ।

टी–ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ ।