काठमाडौँ– ललितपुरको महालक्ष्मी नगरपालिकामा वडा नम्बर १ स्थित कृष्ण मन्दिरदेखि ग्वार्कोसम्म आज सरसफाइ गरिएको छ ।


ADVERTISEMENT


नेपालीको महान् चाड दशैँ तथा तिहारको अवसरमा सरसफाइ गरिएको वडाध्यक्ष नन्द न्यौपानेले बताएका छन् । वर्षात्को समयमा धूलोका कारण धेरै स्थानीयवासीमा सङ्क्रमण देखिएकाले पनि सरसफाइ गर्नुपरेकोे उल्लेख गर्दै उनले स्थानीयवासी सबैले आ–आफ्ना घरआँगन सफा राख्नुपर्छ भन्ने जनचेतनाको विकास गर्न पहिलो चरणमा यो कार्यक्रम आयोजना गरिएको बताएका छन् । वडा कार्यलयले आगामी दिन पनि यस कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


ADVERTISEMENT

# # #


सरसफाइका लागि विकास नागरिक बहस समूहले सहयोग गरेको थियो । स्थानीयवासी र अन्य सरकारी कार्यालयमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको उक्तसमूहले सामाजिक क्षेत्रबाटै आफ्नो अभियान प्रारम्भ गरिएको समूहका अध्यक्ष सूर्यबहादुर थापाले बताएका छन् ।

उनले भने, “यस नगरभित्र थुप्रै समस्या छ, ती समस्या समाधानका लागि पनि समूहले निर्णायक भूमिका निर्वाह गर्छ । साथै जनतालाई सचेत र सङ्गठित गरी दीर्घकालीन विकासका काममा समूहले सहयोगको रणनीति लिएको छ । ”

सरसफाइमा सशस्त्र प्रहरी, प्रहरी, स्थानीय युवा समूहका प्रतिनिधि, नगरका जनप्रतिनिधि, नागरिक समाजलगायत स्थानीयवासीको सहभागिता थियो । रासस