मङ्गलबारे– इलामको देउमाई नगरपालिकाका अग्निपीडितलाई नगरपालिकाले दुई लाख ३० हजार राहत प्रदान गरेको छ ।


ADVERTISEMENT


इलाम र पाँचथरको सीमानामा पर्ने देउमाई नगरपालिका–१ राँके बजारका चार अग्निपीडितलाई देउमाई नगरपालिकाले शनिबार उक्त राहत प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


नगरपालिकाले विपद् व्यवस्थापनअन्तर्गत अग्निपीडित ठालुमान श्रेष्ठलाई रु ८० हजार, श्रीबहादुर विष्टलाई रु ७० हजार, तिलबहादुर बस्नेतलाई रु ७० हजार र नरबहादुर श्रेष्ठलाई रु १० हजार राहत प्रदान गरेको हो ।

नगरपालिका प्रमुख सूर्यप्रसाद पोखरेलले आगलागी पीडितलाई राहत प्रदान गर्नुभएको वडाध्यक्ष माधव बस्नेतले जानकारी दिएका छन् ।

एक महिनाअघि राँके बजारमा आगलागी हुँदा रु दुई करोड १० लाख बराबरको क्षति भएको थियो । रासस