काठमाडौँ–  नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज नियुक्त गरेका हुन् । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति थिए भने त्यसअघिको कार्यकालमा उपकुलपति थिए ।


ADVERTISEMENT

# # #


प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्तभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिशमा उनीहरुको नियुक्ति भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरुको आजै शपथग्रहण हुने जानकारी दिए । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिकपत्र नआइसकेको भए पनि नियुक्तिको प्रक्रिया शुरु भएको बताए । अन्य प्राज्ञ परिषद् सदस्यको नियुक्तिको पनि तयारी गरिएको छ । तीन वटै प्रज्ञा–प्रतिष्ठानमा गत भदौ १९ गते पदाधिकारी रिक्त भएका थिए ।