काठमाडौं – बंगबन्धु गोल्डकपको अघिल्लो संस्करणको च्याम्पियन खेल्न बंगलादेश गएको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । असोज १४ गते बंगलादेश गएको राष्ट्रिय फुुटबल टोली बंगबन्धुमा समूूह चरणबाटै बाहिरिएपछि आइतबार अपरान्ह स्वदेश फर्किएको हो ।


ADVERTISEMENT


बंगबन्धुमा समूह ए नेपालसँगै ताजकिस्तान र प्यालेस्टाइन रहेका थिए । साविक विजेता नेपाल समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २-० गोल अन्तरले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै, समूह चरणमा नेपाल प्यालेस्टायनसँगको दोस्रो खेलमा १-० गोल अन्तरले पराजित भएको थियो । बंगलादेशमा नेपालले आफूभन्दा बलियो मानिएका टोलीसँग रक्षात्मक खेलेको थियो ।