एजेन्सी– भ्यालेन्सियासँग एक एक गोलको बराबरी खेलेपछि साविक विजेता बार्सिलोना स्पेनिस लिग ला लिगाको दोस्रो स्थानमा झरेको छ ।


ADVERTISEMENT


लगातार चार खेलमा स्पष्ट जित हासिल गर्न नसकेको बार्सिलोनाको ८ खेलबाट १५ अंक भएको छ भने समान खेलबाट सेभिया १६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT

# # #


समान १५ अंक भए पनि गोलअन्तरमा बार्सिलोनाभन्दा पछि पर्दै एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ भने शनिबार भएको खेलमा डेपोर्टिभो अलाभेससँग पराजित भएको रियल मड्रिड १४ अंकसहित लिगको चौथो स्थानमा पुगेको छ ।

खेलको दोस्रो मिनेटमानै इजेकुयेल गारायेको गोलमार्फत घरेलु टोली भ्यालेन्सियाले अग्रता लिएको थियो । तर, २३औं मिनेटमा लुइस स्वारेजको पासमा लियोनल मेस्सीले बराबरी गोल फर्काएका थिए । त्यसयता गोल हुन नसक्दा बार्सिलोनालाई शीर्ष स्थानमा रहिराख्ने अवसर गुम्यो । यता सेभियाले भने सेल्टा डि भिगोलाई २–१ गोलले हराउँदै शीर्ष स्थानमा उक्लियो ।

उसका लागि पाब्लो साराविया र बेन येडरले गोल गरेका थिए । खेलको अन्त्यतिर सेल्टाका लागि सोफिन बाउफलले सान्त्वना गोल फर्काएका थिए । घरेलु मैदानमा रियल बेटिसलाई १–० गोलले हराउँदा एथ्लेटिकोका लागि एड्रियानो कोरेयाले खेलको ७४औं मिनेटमा गोल गरेका थिए ।