काठमाडौं– सुदूरश्चिम प्रदेशको प्रदेश राजधानीबारे चुलिएको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । साविकको अस्थायी राजधानी धनगढीबाट स्थायी राजधानी चुरे क्षेत्रमा पर्ने गोदावरी जंगलमा सार्ने निर्णय गरिएपछि यो व्यापक विवाद र बहसको विषय बनेको छ ।


ADVERTISEMENT


राजधानीको नाममा चुरेको फेदी गोदावरीस्थित वन विनाश गर्न लागिएको भन्दै विरोध भइरहेका बेला त्यहाँ राजधानी बनाउने निर्णय कार्यान्वयन नगराउन सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता देवीकुमारी जोशीले सोमबार सर्वोच्च अदालतमा गोदावरी राजधानी राख्न निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेकी हुन् ।


ADVERTISEMENT

# # #


रिटमा संघीय मन्त्रिपरिषद्, सुदूरपश्चिमका मुख्यमन्त्री तथा प्रदेश सभामुखलार्इ प्रतिवादी बनाइएको छ । त्यस्तै राजधानी सिफारिस गर्न गठित विशेष समिति संयोजक तारा लामा तामाङसमेतलाई पनि प्रतिवादी बनाइएको छ ।