काठमाडौं– सरकारले सिंहदरबारको सौन्दर्य बढाउन विभिन्न २६ बुँदे निर्णय गरेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको सबै मन्त्रालयका सचिव सम्मिलित बैठकले सिंहदरबार परिसर व्यवस्थापनका लागि २६ बुँदे निर्णय गरेको हो ।


ADVERTISEMENT


निर्णयअनुसार अब सिंहदरबारमा सिंगो इतिहास झल्किने गरी म्युजियम स्थापना गरिनेछ । सहरी विकास मन्त्रालयलाई यससम्बन्धी प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको छ । यस्तै बैठकले सिंहदरबारको बाहिरी पर्खाललाई कलात्मक र सुन्दर बनाउने र पुरातात्विक महत्वका भवनलाई पूर्ण रूपमा संरक्षण गर्ने निर्णयसमेत गरेको छ । – आजको अन्नपुर्ण पोष्टबाट


ADVERTISEMENT

# # #