कास्की– कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कास्की जिल्लाका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान उनलाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको हो ।


ADVERTISEMENT


अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो । ‘कार्यालयमै घुस लिने गरेको सूचनाका आधारमा टोली पुग्दा पाँच लाख नगदसहित पक्राउ गरिएको हो,’ ढकालले भने ।


ADVERTISEMENT

# # #


थापा कार्यालय समयभन्दा निकै चाँडै कार्यालय पुगेका थिए । उनी शंकास्पद तरिकाले कार्यालय गएको बेला अख्तियारको टोली पछि लागेको थियो ।