काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बुधबार रिपोर्टस् क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले वामदेव चुनाव लड्ने कुरामा आफूलाई व्यक्तिगत रुपमा विश्वास नलागेको बताए । ‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन् ।’ उनले भने, ‘तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहीँ व्यक्तिगत रुपमा विश्वास छैन् । यदि लड्नुभयो भने उहाँलाई सिँगो पार्टी एक भएर विजयी बनाउँछौं ।’


ADVERTISEMENT

# # #


यस्तै उनले जबसम्म पार्टीको निर्णय हुँदैन्, तबसम्म काठमाडौँ ७ का सांसद रामवीर मानन्धरले राजिनामा दिन जरुरी नभएको बताए । यस्तै उनले सरकार संकटमा नभएको बताउँदै ५ वर्ष देश र जनताका हितमा काम गर्ने उल्लेख गरे । उनले भने, ‘सरकार दुई तिहाईको छ । हामी दायाँ/बायाँ नहेरी अब ५ वर्ष देश र जनताको हितमा काम गर्छौं ।’

मेची महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको चार लेन बनाउने काम बुटवलबाट शुरु गरेको र छ महीनाभित्र सबै ठाउँमा काम सम्पन्न गर्ने उनले बताए । फागुन ३ मा केपी ओलीले सरकार गठन गरेपछिका आठ महीनामा कर्मचारीको व्यवस्थापन गरेको, विकास निर्माणका काम भएको बताउँदै मन्त्री महासेठले तीन वर्षभित्र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने चर्चा गरे ।

सन् १९७६ मा चीनले क्रान्ति सम्पन्न गरेपछि ४२ वर्षमा विकासमा फड्को मारेको र साइप्रसलाई विकास हुन ४० वर्ष लागेको तथा मलेसियालाई १८ वर्ष लागेको स्मरण गर्दै उनले नेपालले त्यो भन्दा पनि छिटो विकासमा फड्को मार्न सक्नुपर्दछ भने ।