सर्वप्रथम त म विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना दिन चाहन्छु । यस महान चाँडको अवसरमा हिमाल, पहाड तराई मधेशका जनता एक ठाउँमा आउन् र आपसी मेलमिलाप र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतामा महत्वपूर्ण भूमिका खेलोस् अपेक्षा गर्दछु ।


ADVERTISEMENT


जनता एक भयो भने देश एक हुन्छ । देशमा एकता भयो भने समृद्धि ल्याउनका लागि सहज हुन्छ । अहिलेको जनअपेक्षा पनि त्यही हो ।


ADVERTISEMENT

# # #


साथै यो पनि भन्न चाहन्छु कि देश भाषणले बन्दैन । वीपीको जस्तो दुरदर्शिता भयो भने देश बन्छ । गणेशमान सिंह जस्तो पवित्र सोच भयो भने र गिरिजा प्रसाद कोइरालाको जस्तो आँट भयो भने देश बन्न सक्छ । यी तीन वटा कुरा भएन भने भाषणले मात्रै देश बन्दैन ।

यो दशैँले नेताहरुमा कुरा भन्दा पनि काम गर्ने बनाओस् । दशैँको सबैमा शुभकामना ।

– अफ्ताव आलम
प्रतिनिधिसभा सदस्य एवम् नेता नेपाली कांग्रेस