काठमाडौं– नेपालीहरुको महान चाड बडादशैंको अवसरमा चितवनको सौराहाका बाल गायक प्रिन्स सिलवालले नयाँ गीत बजारमा ल्याएका छन् ।


ADVERTISEMENT


सिलवालले दशैंलाई लक्षित गरेर आफ्नो नयाँ गीत “दशै मनाउने हो” बजारमा ल्याएका हुन् । दशैंका बेला बालबालिकाहरुका लागि रमाईलो होस् भनेर उक्त गीत बजारमा ल्याईएको हो ।


ADVERTISEMENT

# # #


“दशै मनाउने हो” गीतको शब्द रमेश पाठकको रहेको छ । गीतलाई नरेन्द्र बियोगीले संगित संयोजन गरेका हुन् । प्रिन्सलाई बाल गायिका दिप्सी भट्टले स्वरमा साथ दिएकी छिन् ।
दशैं मनाउने हो, चंगा उडाउने हो
दशैं मनाउने हो, नाच्दै रमाउने हो
चच हुईईई… सरररर..

प्रिन्सको ‘न मानामा नापिन्छ माया’ भन्ने गीत पनि रेर्कड भैसकेको छ । दशैंको अबसर भएकाले आफुले उनको “दशै मनाउने हो” गीतलाई प्राथमिकता दिएर बजारमा ल्याएको संगितकार रमेश पाठकले बताए । गीतको भिडियो भने बुद्ध लामाले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो काठमाडौंको स्वयम्भु र फुटुङ आसपास छायांकन गरिएको थियो ।

भिडियोलाई दिपेन्द्र भट्टले खिचेका हुन् । दशैंका बेला बालबालिकामा देखिने खुसी र उमंगलाई म्यूजिक भिडियोमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।