काठमाडौं – थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।


ADVERTISEMENT


बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ गोलले पराजित गर्दै ३ अंक जोडेको हो । थ्री स्टारको जितमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे । यता, फ्रेन्डस् क्लबका लागि विकास लामाले गोल फर्काएका थिए ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा फ्रेन्ड्स क्लबविरुद्ध १-० गोलले अग्रता बनाएको थ्री स्टारले दोस्रो हाफमा थप १ गोल गर्दा एक गोल खाएको थियो । खेलको १७ औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । उनले आफ्नो एकल प्रयासमा फ्रेन्ड्स क्लबका किपरलाई विट गर्दै गोल गर्न सफल भए ।

खेलको ५९ औं मिनेटमा करिब ३० यार्ड टाढाबाट फ्रेन्ड्स क्लबका सरोज योञ्जन लामाले प्रहार गरेको फ्रिकिक गोलकिपर एलेन न्यौपानेले बल नियन्त्रण गर्न सकेनन् । तर थ्रीस्टारका डिफेन्डरले बचाएपछि फ्रेन्ड्स क्लब बराबरी बनाउनबाट चुकेको थियो ।

खेलको ८३ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै २-० थ्री स्टारलाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, अतिरिक्त समयमा फ्रेन्डस् क्लबका विकास लामाले गोल गर्दै फ्रेन्ड्स क्लबलाई खेलमा फर्किने संकते दिएपनि हारबाट जोगाउन भने सकेनन् ।

त्यस्तै, अजित भण्डारीको निर्णायक गोलमा विभागीय क्लब नेपाल पुलिसले पनि लिगमा विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै पुलिसले विजयी सुरुवात गरेको हो । जितसँगै पहिलो खेलमा स्पस्ट तीन अंक लिने पुलिस क्लब तेस्रो टोली बनेको छ ।

यसअघि हिजो भएको खेलमा च्यासल युथ क्लबले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।