काठमाडौं– नेपालीहरूको महान चाड दशैँ सुरू भइसक्यो । दशैँ सुरू भएसंगै सबैले विभिन्न प्रकारका मिठो खानेकुरा अझ भनौ खसीको मासुको विभिन्न परिकार बनाएर खाने गर्छन् । यस्तै खसीका परिकार मध्ये खसीको पक्कु यसरी बनाउन सक्नुहुन्छ ।


ADVERTISEMENT


सामाग्री
खसीको मासु, कसौडी, जिरा धुलो, धनियाको धुलो, गरम मसला, बेसार, नुन, रातो धुलो खुर्सानी, तोरीको तेल, तेजपत्ता (सबै सामाग्री आवश्यकता अनुसार)


ADVERTISEMENT

# # #


विधि
मासुमा जिरा धुलो, धनियाको धुलो, बेसार, रातो धुलो खुर्सानी, नुन, तोरीको तेल हालेर प्रत्येक पिसमा लाग्नेगरी एकछिनसम्म मजाले मोल्नुहोस् । यसलार्इ ढाकेर रातभर राख्नुहोस् । अर्कोदिन भएपछि अब यसलार्इ पकाउनका लागि कसौडिलार्इ आगोमा बसाल्नुहोस् । कसौडी तातिसकेपछि मोलेर राखेको मासु हालेर सानो आगोमा मजाले फ्राइ गर्नुहोस् । यसलार्इ नढाकी रातो नहुँदासम्म ७ देखि १० मिनेटसम्म फ्रार्इ गर्नुस् ।अनि त्यसमा तेजपत्ता राखेर फेरी चलाउनुस् । अब एउटा कचौरामा पानी राखेर उक्त कसौडीको मुखमा राखेर ढाक्नुहोस् । कचौराको पानी नसुक्दासम्म सानो आगो गराएर त्यसलार्इ छोड्दिनुस् । कचौराको पानी सुकिसकेपछि त्यसलार्इ एकपल्ट चलाएर गरम मसला हाल्नुहोस् र २ देखि ३ मिनेटसम्म पकाउनुस् । अब तयार भयो स्वादिलो खसीको पकु ।