काठमाडौं– शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आजबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने भएका छन् ।


ADVERTISEMENT


सोमबार बिहान प्रधानमन्त्री ओलीले नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गरेपछि सर्बसाधारणको लागि पनि अवलोकन गर्न खुल्ला गरिने भएको हो । श्रीपेचका साथमा तत्कालीन रानीको मुकुट (टायरा), तरबार, राजदण्ड, झारी, चमरलगायत सामग्री पनि प्रदर्शनीमा ल्याइने भएको छ ।


ADVERTISEMENT

# # #


दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सातवटा तहमा राखिने भएको छ ।

सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।