मोरङ– यस वर्ष नेपाल राष्ट्र बैंक विराटनगरमा नयाँ नोट लिनेहरुको भीड ह्वात्तै बढेको छ । राष्ट्र बैंकले एक नम्बर प्रदेशका विभिन्न बैंक तथा वित्तिय संस्थाका साथै सहकारी संस्थालाई समेत नयाँ नोट वितरण गरेको भए पनि बैंक तथा वित्तिय संस्थाले सर्वसाधारणलाई नयाँ नोट नदिएका कारण भिड बढेको हो ।


ADVERTISEMENT


प्रत्येक वर्ष दशैंको बेलामा नयाँ नोट साट्ने प्रचलनलाई मध्येनजर गर्दै राष्ट्र बैंकले एक नम्बर प्रदेशका बैंक तथा वित्तीय संस्था र सहकारी तथा सर्वसाधारणहरुलाई ४ अर्ब रुपैयाँको नयाँ नोट वितरण गरिसकेको थियो ।


ADVERTISEMENT

# # #


असोज १७ गते देखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट दिएको भए पनि राष्ट्र बैंक विराटनगरमा सर्वसाधारणको भीड कम भएको छैन । शुरुमा प्रत्येक व्यक्तिलाई २७ हजार रुपैया सम्मका नयाँ नोट बाड्दै आएको राष्ट्र बैंकले अहिले घटाएर १८ हजार पुर्याएको नेपाल राष्ट्र बैंक विराटनगर प्रमुख विनोद आचार्यले जानकारी दिएका छन् ।

गत वर्ष ३ अर्ब रुपैयाको नयाँ नोट वितरण गरेको नेपाल राष्ट्र बैंक विराटनगरले दैनिक १० करोड रुपैया बराबरका १००, ५०, २०, १० र ५ को दरका नोटहरु बाँडिरहेको जनाएको छ ।