काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।


ADVERTISEMENT


सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताए ।


ADVERTISEMENT

# # #


‘राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशोभनीय ढंगले असामयिक बोली आउनु त्यति वाञ्छनीय होइन’, ओलीले पूर्वराजा शाहतर्फ संकेत गर्दै भने, ‘यो भन्दा बढी म भन्न चाहन्न् ।’

जनताले फालेको राजतन्त्रलाई विश्वमै यति सुव्यवस्था र सम्मानका साथ कही पनि बस्न नदिएको तर्क गर्दै ओलीले थपे, ‘नेपालमा हामीले अत्यन्तै उदार फराकिलो रुपमा ल्याएका छौं र अभ्यास गरेका छौं । जहाँ संघर्षका साथ फालिएको राजतन्त्रलाई बढो सम्मानका साथ व्यवहार गरेका छौं ।’

फालिएको राजतन्त्रलाई आफूहरुले सम्मान दिएको र राजाबाट जनता बनेकाहरु पनि आफ्नो स्थानमा बस्नुपर्ने ओलीको भनार्इ रहेको छ । – आजको नागरिक दैनिकबाट