काठमाडौं– नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले दशैंलाई लक्षित गरेर करिब ११ अर्ब ७९ करोड रुपैयाँ नयाँ नोट सटही गरेको जनाएको छ ।


ADVERTISEMENT


विभागले असोज १४ देअि बैंक तथा वित्तीय संस्थाहरुलाई र असोज २१ देखि सर्वसाधरणलाई नयाँ नोट वितरण गर्दै आएको छ । वितरण गरिएका नोटहरुमा छ, १०, २०, ५० र १०० रुपैयाँका नयाँ तथा सफा नोट छन् ।


ADVERTISEMENT

# # #


यो प्रारम्भिक तथ्यांक भएकाले अझ केही बढ्न सक्ने बताइएको छ । नयाँ नोट वितरण कार्य सोमबारदेखि बन्द भएको छ ।

विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले यस वर्षको दशैंमा करि १३ अर्ब रुपैयाँको नयाँ नोट सटही गर्ने लक्ष्य लिए पनि सोमबारसम्मको प्रारम्भिक तथ्यांकअनुसार बजारमा ११ अर्ब ७८ करोड रुपैयाँ सटही भएको जानकारी दिए ।

गत वर्ष १२ अर्ब ५० करोड रुपैयाँ नयाँ नोटक सटही भएको थियो । – आजको आर्थिक अभियान दैनिकबाट