बैतडी– बैतडीको डिलाशैनी–६ बांगाबगरमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडीको सिगास गाउँपालिका ९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, ६ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएअनुसार घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र चालकलाई हाल प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।


ADVERTISEMENT

# # #


अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदुत यातायातको ना ५ ख ८११७ नं को बस बिहान ५ बजे एक्कासी बांगाबगर सडकमा पल्टेको हो ।