‘रोयल सोसायटी अफ बायोलोजी’ले यस वर्षको ‘फोटोग्राफर अफ दी इयर’ ज्याक अलिबलाई दिने घोषणा गरेको छ ।


ADVERTISEMENT


डेभोन (बेलायत)का १७ वर्षीय ज्याकको ‘लेपर्ड गेको’ तस्बिरलाई उक्त पुरस्कार दिइएको हो ।


ADVERTISEMENT

# # #


ज्याकको ‘लेपर्ड गेको’ तस्बिर ।

चितुवाजस्तो छाला भएको छेपारोको यो तस्बिर जाडोमा रुखबाट जमिन आउँदै गर्दा लिइएको हो । ज्याक अलिबका अनुसार यो छेपारोको आँखाका कारण उनलाई तस्बिर दिने सोच आएको थियो ।

यो तस्बिरलाई ‘रोयल सोसायटी अफ बायोलोजी’ले ‘फोटोग्राफर अफ दी इयर’ र योङ्ग फोटोग्राफर अफ दि ईयर’ प्रतियोगिताका लागि छानेको थियो । यस पटक यस प्रतियोगिताको विषय ‘प्याटर्न इन नेचर’ राखिएको थियो ।

यसका साथै विजेता तब्रिमध्ये रोबर्टो ब्यूनोको यस तस्बिरले पनि धेरैको ध्यान खिचेको थियो ।

क्यानडाको यूकोन उपत्यकामा झरेका पातबाट बाहिरिँदै गरेका लार्भा । पहेँला पातमा लार्भाको छाप कुनै घुमाउरो सडकझैँ लाग्छ ।

यस प्रतियोगितामा १२ तस्बिर सामेल गरिएको थियो । जसमा  १८ सम्मकाले सहभागीता जनाएका थिए ।

अन्य तस्बिर

ओर्बी भेरिगाटाको यो फूललाई १० वर्षीय मिलो हाइडले आफ्नो क्यामेरामा कैद गरेका थिए ।

रीबेक्का कीले यो तस्वीर विन्डरमर लेकमा लिएका थिए । यस तस्बिरमा एउटा भ्यागुतोलाई आफ्ना अण्डासंग तैरिरहेको देख्न सकिन्छ ।

इमोगन स्मिथले यो तस्बिर केन्याको लेवा वन्यजत्नु आरक्षमा लिएका थिए । पानी पिइरहेको जेब्राको छायाले तस्बिरलाई कलात्मक बनाएको छ ।

गुएलहेम डुवोटले फट्याङ्ग्राको यो तस्बिर स्लोभाकियामा लिएका थिए । उनका अनुसार ‘फट्याङ्ग्रालाई देख्न मस्किल थियो । तर जख ऊ उफ्रिन थाल्यो, त्यहाँ पातका साथै अन्य केहीपनि थियो ।’

गोल्डन अल्गाईको यस्तो रुप सायद तपाईले पहिलो पटक देख्नुभयो होला । यसलाई हकान क्याभरस्ट्रोमले खिचेका हुन् । यो अल्गाई विश्वमा ताल तथा पोखरीको किनारमा पाउन सकिन्छ ।

स्टिभ लोरीले खिचेको फाइलम क्लासको कोषको एक माइक्रोस्कपिक तस्बिर ।

सिएन क्लैटनले ‘ड्रागन फ्लाई’को प्वाँखको यो तस्बिर लिएका हुन् ।

विराज घाइसासले यो तस्बिर मुम्बईमा लिएका थिए । जाडो मौसममा यी चराहरु पोखरीहरुमा जम्मा हुन्छन्, जहाँ स्थानीय उनीहरुलाई दिनहुँ जंग फूड खुवाउँछन् ।

क्रिस्टलाइज्ड साइट्रिक एसिको माइक्रोस्कोपिक रूप । यो तस्वीर हेनरी कोसकिनेनले खिचेका हुन् ।

परागकण शोसीरहेको एक किराको यस तस्बिर । स्टीव लोरीले लिएका हुन् ।