पर्सा– वीरगञ्जको सीमा क्षेत्रबाट रु ४५ हजारभन्दा बढी मूल्यको गाँजासहित प्रहरीले आज एक भारतीयलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


इनरुवास्थित शङ्कराचार्यद्वारबाट नियमित जाँचका क्रममा उक्त गाँजासहित भारत विहार मुज्जफरपुर निवासी सोनुकुमार महतोलाई पक्राउ गरेको हो । मकवानपुरबाट खरीद गरिएको ६ केजी ५०० ग्राम गाँजा भारततर्फ लैजाने क्रममा सोनुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #