काठमाडौं – आज नवरात्रको आठौं दिन हो । आजको दिनलाई महाअष्टमी भन्ने गरिन्छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपमध्ये आज महागौरी देवीको पूजा आराधना गरिन्छ ।


ADVERTISEMENT


महागौरीको पूजा गर्दा विभिन्न शक्ति पीठहरुमा बली दिने प्रचलन छ । माहागौरी माता दूर्गाको आठौं शक्तिको नाम हो । महागौरीको पूजा गर्नाले सबै पापबाट मुक्ति मिल्ने विश्वास हिन्दू सम्प्रदायमा छ । महागौरीले देवी पार्वतीका रुपमा भगवान शिवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


महाअष्टमीको दिन महिलाले आफ्नो पतिव्रतका लागि महागौरीलाई बस्त्र चढाउँछन् । देवी महागौरीको पूजाविधि विभिन्न समुदाय अनुसार फरक-फरक हुने गर्छ ।

अष्टमीको दिन महागौरीलाई बली दिइन्छ । महागौरीलाई बलि दिएपछि मात्रै घर घरमा दशैंको रौनक शुरु हुन्छ ।

आजको दिन मांसहारी हिन्दु धर्मावलम्बीहरुले आ(आफ्नो गच्छेअनुसार घर घरमा खसी, राँगा, सुँगुर, कुखुरा, हाँस, भेडा, च्याङ्रा इत्यादि काटेर मासु खाने गर्दछन् भने साकाहारीले दही, केरा, चिउरा, घिऊ इत्यादि परिकार खाएर चाडबाड मनाउने गर्छन् ।