काठमाडौं– चर्चित सामाजिक सञ्जाल यूट्यूब विश्वभर केहीघण्टा डाउन भएको छ । यूट्यूवले केही प्राविधिक समस्या आएको पुष्टि गर्दै पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको ट्वीटरमार्फत जानकारी दिएको छ ।


ADVERTISEMENT


यूट्यूवले सेवा अवरुद्ध हुँदा प्रयोगकर्तामा पर्न गरेको असुविधाप्रति माफी पनि मागेको छ । प्रयोगकर्ताले यूट्यूव सर्च गर्दा सर्भरमा समस्या रहेको सन्देश देखिएको थियो ।


ADVERTISEMENT

# # #


प्रयोगकर्ताहरुले समस्या देखेसँगै रिपोर्ट गर्न थालेसँगै यूट्यूटले ट्टीटरमा भनेको छ, ‘तपाईहरुले यूट्यूवको बारेमा गरेको रिपोर्टका लागि धन्यवाद । हामी यो समस्या समाधानका लागि काम गरिरहेका छौं र यसबारे समस्या समाधान भएपछि जानकारी गराउने छौं । तपाईहरुमा परेको असुविधाको लागि क्षमापार्थी छौं ।’