काठमाडौं – युट्युबको नेपाल च्याप्टरमा दुई नेपाली कथानक चलचित्र ट्रेन्डिङमा आइका छन् । दसैंको अवसर पारेर युट्युबमा रिलिज गरिएएका चलचित्र युट्युब ट्रेन्डिङमा आइपुगेका हुन् ।


ADVERTISEMENT


ट्रेन्डिङको एक नम्बरमा चलचित्र ‘सायद’ छ । पुष्पराज न्यौपानेले निर्देशन गरेको चलचित्रलाई सुनील रावलले निर्माण गरेका हुन् । ‘सायद–२’ मा सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठ मुख्य भूमिकामा छन् ।


ADVERTISEMENT

# # #



ट्रेन्डिङमा तेस्रो नम्बरमा चलचित्र ‘म यस्तो गीत गाउँछु’ आइपुगेको छ । सुदर्शन थापाको लेखन तथा निर्देशन रहेको चलचित्र बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा मुख्य भूमिकामा पूजा शर्मा र पल शाह छन् ।