मुम्बई– मि टु अभियान अन्तर्गत बलिउडका कलाकार, निर्देशक र निर्मातामाथि यौन दुर्व्यवहारको आरोप लागिरहेको छ। यसमा नाना पाटेकर, आलोक नाथ, साजिद खान, कैलाश खेर, सुभाष घई र जतिन दासमाथि गम्भीर आरोप लागेको छ। अब यो अभियानले सलमान खानलाई पनि मुछेको छ। सलमान र उनका भाइहरु अरबाज तथा सोहेलले यौन शोषण गरेको आरोप कलाकार पूजा मिश्राले लगाएकी छिन्।


ADVERTISEMENT


मोडल र वीजे रहिसकेकी पूजाले फिल्म सुल्तानको शूटिंगको क्रममा सलमान र उनका भाइले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी हुन्। पूजाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै भनेकी छिन्, सलमान खान, अरबाज र सोहेलले एकपटक होइन कैयौ पटक उनको बलात्कार गरेका छन्।


ADVERTISEMENT

# # #


यद्यपी सामाजिक सञ्जाल प्रयोगकर्ताले पूजाको आरोपलाई पत्याएका छैनन्। उनीहरुले पब्लिसिटीका लागि मात्र आरोप लगाएको टिप्पणी गरेका छन्। केही प्रयोगकर्ताले पूजालाई आफ्नो दिमागको उपचार गराउन सुझाव दिएका छन्। सलमान र उनका भाइमाथिको आरोपपछि पूजा ट्रोल बनेकी छिन्।