काठमाडौँ– विजया दशमीका दिन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट व्यक्तित्व तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले त्यस दिन बिहान ९ बजेर ५१ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तित्वहरू, निजामती कर्मचारी, जङ्गी, प्रहरीतर्फका राष्ट्रसेवकलाई पनि टीका र जमरा प्रदान गर्ने भएकी हुन् ।


ADVERTISEMENT

# # #


यसैगरी, सोही दिन दिउँसो २ बजेपछि इच्छुक सर्वसाधारणका लागि टीका र जमरा प्रदान गर्ने कार्यक्रम तय भएको जानकारी राष्ट्रपति कार्यालयका उपसचिव निरञ्जन पुडासैनीले दिए ।