काठमाडौं – विश्व फुटबलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा रोनाल्डोले ४ सय गोल पुर्याएका हुन्।


ADVERTISEMENT


शनिबार राति भएको इटालियन सिरीए अन्तर्गतको खेलमा मा युभेण्टसका लागि गोल गर्दै रोनाल्डोले यो कीर्तिमानका लागि आफ्नो नाम लेखाएका हुन्।


ADVERTISEMENT

# # #


रोनाल्डो यसै सिजन रियल मड्रिडबाट युभेण्टस पुगेका हुन् । उनले युभेण्टसका लागि १० खेलबाट पाँच गोल गरिसकेका छन् । गएरातिको गोलले उनले नयाँ कीर्तिमान बनाएका हुन्।