एजेन्सी– तपाईलाई माथिको तस्बिर हेर्दा के लाग्छ ? यो स्थिर छ या हलचल भइरहेको छ ? तपाईलाई लाग्नसक्छ यो कि भिडियो हो या एनिमेटेड GIF । तर त्यसो होइन ।


ADVERTISEMENT


वास्तवमा यो तस्बिर अप्टिकल इल्यूजन अर्थात दृष्टिभ्रमको एक् उदाहरण हो । यो तस्बिर इन्टरनेटमा खुब शेयर भइरहेको छ । अहिलेसम्म लाखौँले यसलाई शेयर गरिसकेका छन् । सबैभन्दा पहिले यो तस्बिर ‘न्यूरोसाइन्टिस्ट’ एलिस ब्रोवर्बले ट्विटरमा शेयर गरेका थिए ।


ADVERTISEMENT

# # #


उनी एक्सपेरिमेन्टल साइकोलोजिस्ट हुन्, जसले मानिसको दिमागले कसरी काम गर्छ भनेर अध्ययन गर्ने गर्छन् । माथिको यो तस्बिर मल्टीमीडिया कलाकार बा डीलेले बनाएका हुन् । जसमा एक भकूण्डोजस्तो देखिने गोलो चिज स्तम्भमा घुमिरहेको जस्तो देखिन्छ । यो कुनै किसिमको एनिमेसन या GIF होइन ।

एलिस बताउँछन्, ‘यो १०० प्रतिशत स्थिर तस्बिर हो । तर यसलाई यसरी तयार पारिएको छ कि जसले हाम्रो दिमागलाई भ्रमित बनाइदिन्छ । जसकारण घुमिरहेको जस्तो देखिन्छ ।’

कसरी हुन्छ दिमाग भ्रमित ?

वैज्ञानिक एलिसले सामासजक सञ्जालमा लेखेका छन्, ‘यो शानदार भ्रम तब हुन्छ, जब v4 को क्षमता सकिने बित्तिकै v5 ले आफ्नो काम सुरु गर्छ । तर, यो तस्बिर किन चलायमान देख्निछ भन्ने प्रश्नको जवाफमा एलिसले अर्को सवाल उठाइदिए । जस्तो v4 र v5 के हो र त्यसको कुनै हलचल बुझ्ने हाम्रो क्षमतासंग के सम्बन्ध छ ?

एलिस बताउँछन्, ‘दिमागको v5 त्यो भाग हो, जसले हलचललाई बुझ्छ, जबकी v4 ले रंग र आकृति पहिचान गर्छ ।’

‘हामीले देखिरहेको चिजलाई पहिचान गर्ने दिमागको भागभित्र हुने एक द्वन्द्वका कारण हामीलाई यो दृष्टिभ्रम हुन्छ । जब एकतर्फको सिग्नल दबिन्छ त दिमागले दोस्रोतर्फको सिग्नल ज्यादा ग्रहण गर्छ ।’

एलिसको ट्वीटमा कलाकार ब डीले ले यस्तै अन्य तस्बिर पनि शेयर गरेका छन् । यदि तपाई यी तस्बिरमा केही हलचल देखिरहनु भएको छैन भने पक्कै पनि तपाई ठूलो स्क्रनबाट हेरिरहनु भएको छैन ।

हुनसक्छ तपाईँ मोबाइलको स्किनमा हेरिरहनु भएको छ । यदि यो इफेक्टलाई राम्रो संग हेर्न चाहानुहुन्छ भने फोटोमा गहिरिएर हेर्नुस् वा कम्प्युटरको ठूलो स्किनमा हेर्नुस् ।

एलिस बताउँछन् कि इफेक्ट दख्नमा यसमा पनि भर पर्छ कि तपाई कति टाढा बाट हेरिरहनु भएको छ ?