काठमाडौँ– निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।


ADVERTISEMENT


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


एआइजी धीरु बस्न्यातको नेतृत्वमा खटिएको ‘शक्तिशाली’ समिति ले एसपी विष्टले घटनाको छानविन गर्नेक्रममा लापरवाही गरेको प्रतिवेदन सिफरिस गरेको थियो ।

उनले गृहमन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए । सचिव स्तरीय बैठकले एसपी विष्टलाई आजै बर्खास्त गर्ने सम्भावना रहेको छ ।