युरोपेली फुटबलको सिजन समाप्त भएपछि विश्व फुटबलका चर्चित स्ट्राइकर लिओनल मेसी आफ्ना पूर्व समकक्षी सेस फेब्रिगाससँगै छुट्टी मनाउन परिवारसहित स्पेनको बालारिक आइसल्यान्ड पुगेका छन्।


ADVERTISEMENT


परिवारसहित स्पेनिस आइसल्यान्डमा विहिबार देखिएपछि मेसी र फेब्रिगासबीचको घनिष्ट सम्बन्ध पनि उजागर भएको छ। फुटबलका यी दुई स्टारले करिब ३ वर्ष बार्सिलोनामा सँगै बिताएका थिए। पछि फेब्रिगास इङ्लिस क्लब चेल्सीतर्फ लागेका थिए।


ADVERTISEMENT

# # #


बिहिबार मेसी आफ्नो प्रेमिका तथा विवाह बन्धनमा बाँधिन लागेकी आन्टोनेला रोक्युजो र जेठो छोरा थियागोसँग बालारिक आइसल्यान्डमा देखिएका थिए। मेसीको परिवारसँगै फाब्रिगासको प्रेमिका डानियला सिमन तथा जेठी छोरी लिया थिइन्।
स्ट्राइकर मेसी र मिडफिल्डर फेब्रिगासले सन् २०११ र २०१४ को बीचमा बार्सिलोनाबाट ४ महत्वपूर्ण उपाधि जितेका थिए। फेब्रिगास २०१४ देखि चेल्सीमा छन्।

फेब्रिगास र मेसीबीचको घनिष्टतालाई लिएर अड्कल काट्ने पनि निस्किएका छन्। मेसीको बार्सिलोनासँगको सम्झौता अहिलेसम्म नवीकरण भएको छ्रैन्। तर, लामो समयदेखि मेसीलाई पछ्याइरहेको म्यानचेस्टर सिटीका कार्यकारी अधिकृत फेरान सोरियानोले चिनियाँ न्युज एजेन्सी सिन्हवालाई दिएको अन्तर्वार्तामा मेसीलाई आफूले राम्रोसँग चिनेको बताउँदै उनी बार्सिलोना छोडेर कतै नजाने दावी गरेका छन्। सोरिनोले २००३ देखि २००८ सम्म बार्सिलोनामा बसेर काम गरेका थिए।