काठमाडौं – सार्वजनिक यातायातको सुधारको प्रमुख शूत्राधार मानिएको साझा यातायातले अब विद्युतीय बस गुडाउने भएको छ । एसियाली विकास बैंकको सहयोगमा साझाले ५ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदैछ ।


ADVERTISEMENT


चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका ती गाडीहरुलाई काठमाडौँ उपत्यकामा चलाइने साझा यातायातले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साझा मंगलबार यातायात परिसर पुल्चोकमा बस सेवा उद्घाटन गर्दै ५ वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने भएकाले नेपालका लागि विद्युतीय सवारी नै उपयुक्त हुने बताए ।


ADVERTISEMENT

# # #


सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत सवारीसाधन विद्युतीय बनाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

विद्युतीय बस केही समय काठमाडौंमा चलाएर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लुम्बिनी पठाइनेछ । लुम्बिनीमा पनि साझाकै व्यवस्थापनमा विद्युतीय बस चलाइनेछ ।
चालकसहित २० सिट क्षमताका यी गाडीमा सिसी क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।