काठमाडौं – चीनले समुद्रमा विश्वकै लामो पुल बनाएको छ । हङकङ, झुहाई–मकाउ नामको यो पुलको लम्बाइ ५५ किलोमिटर छ । चिनियाँ राष्टपति शी जिनपिङले मंगलबार उदघाटन गरेको यो पुललाई बुधबारबाट सर्वसाधारणका लागि खुला गरिने छ ।


ADVERTISEMENT


हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न करिब चार घण्टा यात्रा गर्नुपर्छ, तर अब यो पुलले चार घण्टाको दुरीलाई केबल ४५ मिनेटमा छोट्टाइदिएको छ । यस पुलबाट हरेक दिन करिब ४० हजार गाडी आवत–जावत गर्ने अनुमान छ ।


ADVERTISEMENT

# # #


यो पुल बनाउन १२० अर्ब युआन खर्च भएको छ । यो खर्च हङकङ, मकाउ र झुझाइले बेहोर्ने छन् । यस परियोजनाको कन्सेप्ट सन् २००३ मा आएको थियो, तर सन् २००९ मा निर्माण शुरु गरिएको थियो । यो पुलबाट तीनवटै शहर केबल एक घण्टामा पुग्न सकिन्छ । यसबाट आर्थिक विकासमा पनि मद्दत पुग्ने अनुमान छ ।

चीनको सरकारी अखबार साउथ चाइना मोर्निङ पोस्टका अनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्पलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी छ ।

यो पुल बनाउन इन्जिनियरहरुलाई समुद्रभित्र चारवटा मानवनिर्मित द्वीप बनाउनु परेको थियो । यसको माध्यमबाट पुललाई जमिनसँग जोडियो ताकि समुद्रका ठूला छाल र आँधीहरुबाट पनि पुल नडमगाओस् ।

हङकङ–झुहाई–मकाउ पुल प्राधिकरणका सहनिर्देशक यू लीका अनुसार पुल निर्माणमा करिब १४ हजार मजदुरहरुलाई खटाइएको थियो । यसबाहेक सामान ओसारपसार गर्न समुद्रमा ३०० जहाज परिचालन भइरहे ।

समुद्रभित्र पनि पुल !

यो पुललाई यस्तो किसिमले बनाइएको छ कि मकाउ(हङकङ र झुझाईको यातायात बिना कुनै रोकावट चलिरहने छ । छ लेनको यो पुलमा चार वटा सुरुङसमेत बनाइएको छ ।

पुल निर्माणको क्रममा यसको एउटा हिस्सा हङकङको व्यस्त एयरपोर्ट भएको मार्गसँग पनि जोडिएको थियो । यसैलाई ध्यानमा राखेर इन्जिनियर र कामदारहरुले पुलको करिब ६ दशमलव ७ किलोमिटर लामो हिस्सामा ३०(४० मिटरभित्र गहिराइमा रहेर काम गरे ।

हङकङ र मकाउ चीनका दुई अलग स्वायत्त क्षेत्र हुन् । चीनले यस पुलमार्फत् हङकङ र मकाउमा आफ्नो नियन्त्रणको राजनीतिक सन्देश दिएको आलोचकहरुले बताउने गरेका छन् ।

हङक र मकाउ दुवै सन् १९९० देखि चीनको नियन्त्रणमा छन् । यी दुवै ‘एक देश, दुई प्रणाली’को सिद्धान्तमा चल्दै आएका छन् जसले उनीहरुलाई ५० वर्षसम्म चीनबाट स्वतन्त्ररुपमा आफ्नो सरकारी तन्त्र चलाउने अनुमति छ ।

हेर्नुस् भिडियो :