काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ । पार्टीका प्रदेश कमिटीहरु गठन तथा अन्य कमिटी एकीकरणको मापदण्ड बनाउन बोलाइएको बैठक बिहीबारका लागि सरेको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १ बजे बोलाइएको बैठक ३ बजेपछि स्थगित भएको हो । नेताहरुको व्यवस्ता भनिएपनि प्रदेश पदाधिकारीहरुको बैठकले प्रदेश कमिटीमा रहनेसदस्यहरुको नाम दिन ढिला भएकाले बैठक सरेको स्रोतको दावी छ ।


ADVERTISEMENT

# # #


बुधबार अधिकांश प्रदेश कमिटीका पदाधिकारीको बैठक बसेको छ । यसअघि सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोके पनि कमिटीले पूर्णता पाउन बाँकी छ ।

कार्यदलको सिफारिसका आधारमा प्रदेश कमिटीहरुले पेश गरेका नामलाई सचिवालयमा पेश गरिनेछ ।

प्रदेश कमिटी गठनपछि जिल्ला कमिटी एकीकरणको प्रक्रिया अघि बढ्ने महासचिव बिष्णु पौडेलले बताए । कात्तिक महिनाभित्र सबै कमिटीको एकीकरण टुंगो लगाउने तयारी नेकपाको छ ।