काठमाडौँ– भक्तपुर– भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीमा रु डेढ अर्बभन्दा बढीको सामग्री क्षति भएको छ ।


ADVERTISEMENT


आगलागीबाट रु एक अर्ब ५० करोडभन्दा बढीको सामग्री क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगका व्यवस्थापक धर्मेन्द्र यादवले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा ट्रान्सफर्मर पड्किएर आगो लागेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । आगलागीबाट उद्योगकै दुई दुई सवारी साधन र पक्की भवन, जस्ताका पाँच टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की भवन जलेर क्षतिग्रस्त भएको छ । सय जना मजदुर कार्यरत उद्योगमा राति ३५जना कार्यरत भए पनि मानवीय क्षति भने नभएको यादवले बताए ।

उद्योगसँगै रहेको बाटाको ट्रान्सफर्मर पड्केर आगो निस्किएर बलेको तारबाट कारखानामा आगलागी सुरु भएको थियो । कुनै पनि सामान निकाल्नै नमिल्ने गरी एकै पटक ठूलो आगो लागेको बताइएको छ ।

आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास गरेका थिए ।

तस्विर : रासस, भक्तपुर