काठमाडौँ– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको छानबिनमा लापरवाही गरेको भन्दै सरकारले दुई जना प्रहरी अधिकारीलाई पदबाट बर्खास्त गरेको छ ।


ADVERTISEMENT


बिहीबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले एसपी डील्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई पदबाट बर्खास्त गरेको जनाएको हो ।


ADVERTISEMENT

# # #


दुई पटक स्पष्टिकरण सोध्दा पनि चित्त बुझ्दो जवाफ नपाएकाले उनीहरुलाई पदबाट हटाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । तर, उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरिएको उनको भनाइ छ ।

उनीहरुलाई प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ५ (क) र (ग) अनुसार वर्खास्त गरिएको हो ।

यसअघि प्रहरी प्रधान कार्यालयले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

एआइजी धीरु बस्न्यातको नेतृत्वमा खटिएको ‘शक्तिशाली’ समितिले एसपी विष्टले घटनाको छानविन गर्नेक्रममा लापरवाही गरेको प्रतिवेदनका आधारमा उनीहरुलाई सिफारिस गरिएको थियो ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।