काठमाडौँ– आइसीसी च्याम्पियन्स ट्रफीको आठौँ संस्करणको उपाधिका लागि चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदैछ । लण्डनको ओभल मैदानमा हुने सो खेलमा साविक विजेता भारत उपाधीमा ह्याट्रिक गर्ने लक्ष्यमा छ भने पाकिस्तान पहिलोपल्ट उपाधी उचाल्ने दाउमा छ ।


ADVERTISEMENT


आइसीसीका प्रतियोगितामा पाकस्तिानमाथि भारत सधैँ हावी हुँदै आएको छ । तर च्याम्पियन्स ट्रफीको अहिलेसम्मको प्रतिस्पर्धामा दुबै टोली बराबर छन् । चार पटक आमुन्ने सामुन्ने हुँदा यी दुई टोलिले २/२ पटक विजय हासिल गरेका छन् । जारी प्रतियोगिताको पहिलोचरणको खेलमा भारतले पाकिस्तानलाई हराईसकेकाले उसको मनोवल उच्च रहेको छ । तर फाइनल प्रवेशका लागि इङल्याण्डलाई हराएको पाकिस्तानले उपाधिका लागि आफुलाई दह्रोरुपमा उभ्याएको छ ।


ADVERTISEMENT

# # #


यसअघि समुह चरणको पहिलो खेलमा भारतले पाकिस्तानलाई १ सय २४ रनले पराजित गरेको थियो । उसले फाइनल प्रवेशको लागि बंगलादेशलाई ९ विकेटले पाखा लगाएको थियो । यस्तै पाकिस्तानले इङ्ल्याण्डलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । ब्याटिङ र बलिङमा दुबै टोलि राम्रो भएकाले आजको खेललाई महत्वका साथ हेरिएको छ ।

खेल नेपाली समय अनुसार अपरान्ह सवा तीन बजेबाट सुरु हुनेछ ।