धनगढी– उम्मेदवारी मनोनयनमा बाधा अवरोध पुर्याउन बाटामा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले आज पक्राउ गरेको छ ।


ADVERTISEMENT


उनीहरुलाई कैलालीको साबिक हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए । जिल्लाका सबै स्थानीय तहमा भने शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ताको काम भइरहेको छ । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज कैलाली जिल्लाका सबै स्थानीय तहमा निकै उत्साहपूर्वक उम्मेदवारी दर्ताको काम भइरहेको छ ।


ADVERTISEMENT

# # #


दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारले छुट्टाछुट्टै रुपमा बाजागाजा, झाँकी, नाचगानसहितका जुलुस गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आआफ्नो उम्मेदवारी मनोनयन गरिरहेका छन् । जिल्लामा एक उपमहानगरपालिका (धनगढी) तथा छ छ नगरपालिका र गाउँपालिका छन् । ती स्थानीय तहमा चार लाख तीन हजार २८० मतदाता छन्