काठमाडौँ– नेपाल ओलम्पिक कमिटीले ओलम्पिक दिवस सन् २०१७ का अवसरमा साताव्यापी कार्यक्रम सुरु गरेको छ ।


ADVERTISEMENT


शनिबारदेखि सुरु भएको सो कार्यक्रम यही असार ९ गतेसम्म जारी रहने छ । सो कार्यक्रमअन्तर्गत नेपालका विभिन्न जाति तथा समुदायका सांस्कृतिक कार्यक्रम तथा विभिन्न खेलकुद, सडक चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने छ । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झन्डा फहराएर कार्यक्रमको शुभारम्भ गर्दै ओलम्पिक आन्दोलन हरेक मानव जातिको स्वस्थ्य जीवन तथा बौद्धिक विकासका लागि महत्वपूर्ण रहँदै आएको बताए ।


ADVERTISEMENT

# # #


सो दिवसअन्तर्गत टेनिस, बास्केटबल, कबर्दी, तेक्वान्डो, गल्फ, बक्सिङ, साम्बो, पौडी, चेस, सुटिङ, धनुकाँडलगायत खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । त्यस्तै जुडोका खेलाडीले सडकमा ट्राफिक व्यवस्थापनमा सहयोग गर्नेछन् ।

आधुनिक आोलम्पिक खेलको सुरुआत सन् १८९४ जुन २३ मा भएको हो । त्यसैको सम्झनामा प्रत्येक वर्ष विश्वभर सो दिवस मनाइँदै आएको छ । नेपालसहित विश्वका २०७ राष्ट्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य मुलुकका रुपमा छन् । नेपालले सन् १९६३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्यता प्राप्त गरेको थियो