काठमाडौँ– आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी पोखरा पुर्याइएको छ । शुक्रबार साँझ काठमाडौं ल्याइपुर्‍याएर स्यम्भूमा सार्वजनिक गरिएको ट्रफी सुन्दर पर्यकीय नगरी पोखरामा पुर्याइएको हो ।


ADVERTISEMENT


शुक्रबार देखि पोखरामा भइरहेको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा सबै नेपाली राष्ट्रिय क्रिकेट व्यस्त भएकाले ट्रफी पोखरा लगिएको हो । ट्रफी पोखरा रंगशालाको क्रिकेट मैदानमा सार्वजनिक गरि प्रदर्शनी गरिएको थियो ।


ADVERTISEMENT

# # #


आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, युवा स्टार सन्दीप लामिछाने लगायतका राष्ट्रिय खेलाडीको उपस्थितिमा पोखरामा सार्वजनिक गरिएको थियो ।
प्रदर्शनीपश्चत शनिबार साँझ नै काठमाडौँ ल्याएइको छ । आइतबार ट्रफीलाई चन्द्रागिरिमा लगिनेछ । त्यहाँ प्रदर्शनी पश्चात वसन्तपुरमा प्रधानमन्त्री ओलीले पनि ट्रफी प्रदर्शनीमा भाग लिनेछन् भने सर्वसाधारणका लागि पनि अवलोकनका लागि वसन्तरपुरमा राखिनेछ । ट्रफी सोमबार युएई लगिनेछ ।

अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता हुँदैछ । सोही ट्रफी पहिलो पटक नेपालमा ल्याइएको हो । फुटबल विश्वकपको ट्रफी भने सन् २०१४ को ब्राजिल विश्वकपअघि नेपालमा ल्याइएको थियो ।

विश्वकप सुरु हुनुअघि विश्वव्यापी रुपमा क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले आईसीसीले पाँचवटै महादेशमा ट्रफी टुर गराएको हो । ट्रफी ओमन, अमेरिका, वेस्ट इन्डिज, पाकिस्तान र बंगलादेशपछि नेपाल ल्याइएको हो ।