काठमाडौँ– पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) को शनिबार भएको दोस्रो खेलमा काठमाडौं रोयल्सले विजयी सुरुवात गरेको छ । काठमाडौँले र धनगढी ब्लुजबीचलाई १७ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


पोखरा रंगशालामा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको काठमाडौं रोयल्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो । १८१ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको धनगढीले २० ओभरमा ८ विकेटको क्षतीमा १६८ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


धनगढीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५६ रन बनाएपनि त्यो जितका लागि प्रयाप्त हुन सकेन । वसन्त रेग्मीको बलमा बोल्ड हुनुअघि उनले ४२ बलमा ३ चौका र ३ छक्का हाने ।

यस्तै सन्दीप जोरा ११ बलमा २७, पिटर ट्रेगो १७ बलमा १९ र सौरभ खनाल १४ बलमा १७ रन बनाएर आउट भए । यस्तै सन्दीप सुनारले ११ र दिलीप नाथले १० रन बनाए ।

यता काठमाडौँका लागि वसुन्त रेग्मी, सुशन भारी र अमरसिंह रौटेलाले समान २/२ विकेट लिए भने नन्दन यादव र गौरव तमोरका नाममा १/१ विकेट रह्यो ।

यसअघि काठमाडौंका लागि भारतीय खेलाडी गौरव तोमरले सनशनीपूर्ण ब्याटिङ गर्दै धनगढीविरुद्ध मध्यम रनको लक्ष्य प्रस्तुत गर्न सहयोग गरे । उनले ४४ बल खेल्दै ४ चौका र १० छक्काको मद्दतमा ९५ रन बनाए । गौरव र नरेश बुढाऐरबीचको खेलमा ९६ रनको विशाल साझेदारी गरे । त्यस्तै, नरेश बुढाऐरले ३६ रन, जय किसन कोल्सावालाले २५ र अमित श्रेष्ठले १२ रन बनाए ।

टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको एक्स्पर्ट धनगढी ब्लुजले काठमाडौंलाई १८० मा रोक्न धनगढीका कप्तान दीपेन्द्र सिंह ऐरी, पिटर ट्रेगो र सागर ढकालले समान एक-एक विकेट लिए ।

काठमाडौं रोयल्सका गौरव तोमार ‘प्लेयर अफ द म्याच’ बन्न सफल भए ।

अब आइतबार बिहान विराटनगर टाइटान्स र धनगढी ब्लुज र अर्को खेलमा पोखरा पल्टन र बुटवल ब्लास्टर्स भिड्नेछन् ।