पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा खेलकूदको मध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण भूमिका पुगेको बताएका छन् ।


ADVERTISEMENT


पोखरा महानगरपालिका–२० भलाममा श्रृंखला युवा क्लबद्वारा शनिबार आयोजित पाँचौँ खुल्ला सेभेन एसाइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूद क्षेत्रको समग्र विकासका लागि तीन वटै सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


जनप्रतिनिधिले जनताको मन छुने गरी विकास निर्माणका कार्य गर्नु पर्नेमा जोड दिँदै उनले त्यसका लागि सङ्घीय र प्रदेश सरकारको आवश्यक सहयोग रहने विश्वास व्यक्त गरेका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न भई सञ्चालनमा आउने बताउँदै मन्त्री अधिकारीले त्यसले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशसभा सदस्य विन्दु थापाले खेलकूदको विकासका लागि प्रदेश र स्थानीय सरकारको समन्वय अपरिहार्य रहेको उल्लेख गरेकी छन् । श्रृखला खेलमैदान भलाममा आज भएको उद्घाटन खेलमा श्रृखला(वी)ले त्रिशक्ति क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको क्लबका सचिव रमेश खत्रीले जानकारी र्दिएका छन् ।

प्रतियोगितामा विजयी टोलीले रु एक लाख एक हजार र उपविजेयताले रु ५५ हजार ५५५ नगदसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । कात्तिक १७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा पोखरा र आसपासका विभिन्न ४१ वटा टोलीको सहभागिता रहेको छ ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा ३३ द्वारा भरतपोखरीमा आयोजित विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री अधिकारीले सरकार जनअपेक्षाअनुरुपका कामका लागि परेको जानकारी दिएका छन् ।