काठमाडौँ– पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई  रनले पराजित गरेको छ ।


ADVERTISEMENT


पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको धनगढी ब्लुजले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ४ बलमा १ सय ४ रन बनाउँदा अल आउट भएको हो ।


ADVERTISEMENT

# # #


विराटनगरका चार ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन बनाउन सके । सुनिल धमलाले १४ बलमा २१ रन, मोहम्मद जैद आलमले २१ बलमा १९ रन, एन्ड्यु सुबिकसनले १७ बलमा १८ रन, सन्दीप लामिछानेले १८ बलमा १० रन बनाए । धनगढीका लरेन्सले तीन, दिपेन्द्रसिंह ऐरीले दुई साथै रोबिन क्षेत्री, कमल ऐरी र ट्रेगोले एकरएक विकेट लिए ।

यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा १ सय ८२ रन बनाएको थियो । धनगढीका लागि पिटर ट्रेगोले अर्धशतकको योगदान गरेका थिए ।

३८ रनमा तेस्रो विकेट गुमाएको धनगढीको स्कोर दीपेन्द्र सिंह ऐरी र पिटर ट्रेगोले उकासे । ऐरीले २९ र ट्रेगोले ५३ रन योगदान गरे । ऐरी र ट्रेगोको साझेदारी ६० रनको थियो । पीपीएलमा अर्धशतक हान्ने ट्रेगो चौथो खेलाडी बने ।

धनगढीको शुरुआत खराब थियो । उसका ओपनरद्वय सन्दीप सुनार र डेन लरेन्स सस्तैमा गुमे । सुनार ९ र लरेन्स २ रनमा पेभेलियन फर्किएपछि दिलीप नाथ आए । तर उनी पनि चल्न सकेनन् । उनी ८ रनमा आउट भए ।

सौरभ खनालले १३ बलमा नै ४१ रन जोडे । सन्दीप जोराले १२ र मन्जित श्रेष्ठले एक रन बनाए । बलिङतर्फ विराटनगरका जितेन्ऽ मुखियाले चार विकेट लिए ।
योसँगै विराटनगरले लगातार दोस्रो खेल हारेको छ भने धनगढीले पहिलो खेल जितेको छ ।
अर्को खेल आजै सोमपाल कामी नेतृत्वको बुटवल ब्लास्टर्स् र शरद भेषावकरको पोखरा पल्टनबीच हुनेछ ।