काठमाडौंं – रुघाखोकी र निमोनियाले सताएपछि बालुवाटारमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आइतबार सुधार देखिएको बताइएको छ ।


ADVERTISEMENT


स्वास्थ्य समस्याका कारण नेकपाले आयोजना गरेको चियापानमा समेत सहभागी हुन नसकेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली आइतबार अपराह्न बस्ने मन्त्रिपरिषद बैठकमा सहभागी हुने प्रेस सल्लाहकार कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


ADVERTISEMENT

# # #


सार्वजनिक कार्यक्रममा भने पूर्ण सुधार आएपछिमात्रै सहभागी हुने सचिवालयको भनाइ छ ।